पत्रकार महासंघको निर्वाचनमा ९० प्रतिशत मतदान



काठमाडौं । नेपाल पत्रकार महासंघको मतदान सकिएको छ । बुधबार देशभर भएको मतदानमा ९० प्रतिशतभन्दा बढी मतदान भएको केन्द्रीय निर्वाचन समिति संयोजक कपिल काफ्लेले जानकारी दिए ।
उनले महासंघका तीनै तहमा निर्वाचन उत्साहजनक सम्पन्न भएको जानकारीसमेत दिएका छन् । देशभरका ९७ केद्रमा भएको निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।
केही स्थानको मतगणना सुरु भएको काफ्लेको भनाइ छ । ‘आज २५ गते चैत्रमा पत्रकार महासंघका तीनै तहको निर्वाचन उत्साहजनक तरिकाले सम्पन्न भयो । देशभर ९७ केन्द्रमा चलेको निर्वाचनमा अधिकांश निर्वाचन समितिले निर्वाचन सम्पन्न भएको जानकारी दिए । केही ठाउँमा मतगणना पनि सुरु भएको । ९० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्