निधिले भेटे रामनगर गोलीकाण्डका घाइते



जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीको रामनगर गाउँपालिका–४ मा भएको गोलीकाण्डका घाइतेलाई अस्पतालमा गएर भेटेका छन् ।

 

नेता निधि जिल्ला अस्पताल पुगेर घाइते वडाध्यक्ष रामनरेश महतो र गोली लागेर घाइते अन्य कांग्रेस कार्यकर्तालाई भेटेका छन् । 

 

कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार घटनाबारे बुझ्न र आन्दोलनमा सहभागी हुन उपसभापति निधि सर्लाही सदरमुकाम मलंगवा पुगेका छन् ।

 

निधिसँगै घाइतेलाई भेट्न केन्द्रीय सदस्य आनन्द ढुंगाना, प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, राष्ट्रियसभा सदस्य जितेन्द्र देव, प्रदेश संसदीय दलका नेता रामसरोज यादव, पूर्वमन्त्री महेन्द्र यादव अस्पताल पुगेका थिए । २ नम्बर प्रदेश अन्तर्गतका ८ वटा जिल्लाका कांग्रेस सभापति पनि मलंगवा पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्