काँग्रेसले बोलाएको तीन दलीय बैठक आज



काठमाडौँ । नेपाली कांग्रेसले सत्ता समीकरणको विषयमा शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसँग निर्णायक छलफल गर्दैछ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहित दुबै तर्फका नेताहरुलाई छलफलका लागि आज दिउँसो ३ बजे बूढानीलकण्ठस्थित निवासमा बोलाएका हुन् ।
तीन दलबीच हुने बैठकमा संसद पुनःस्थापनापछिको राजनीतिक शुन्यता, वैकल्पिक सरकार गठनको सम्भावना र सत्ता साझेदारी बारे छलफल हुने जनाइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले गत चैत २० गते प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार काँग्रेसले माओवादी केन्द्र र जसपासहितको बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्