प्रदेश २ प्रमुख अहिराजद्वारा मुस्ताङ्गका विद्यार्थीलाई कापी र कलम प्रदान



काठमाडौं । हिमाल पारीका जिल्लाहरुको भ्रमणमा रहेको प्रदेश २ का प्रमुख डा. राजेश अहिराजले मुस्ताङ्गमा स्कूले बालबालिकाहरुसँग भलाकुसारी गरेका छन् । मुस्ताङ्गको कागबेनीस्थित श्री जनशान्ति माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा १ का विद्यार्थीहरुसँग उनले रमाइलो गर्दै केही बेर पढाएका पनि थिए ।
प्रदेश प्रमुख अहिराजले बच्चाहरुसँग पढाईको कुरा गर्दै उनीहरुलाई देशको नाम उच्च राख्न प्रेरणा दिए । त्यस क्रममा प्रमुख अहिराजले विद्यार्थीहरुको शैक्षिक समस्याको बारेमा जानकारी लिर्दै कक्षा १ का सबै विद्यार्थीलाई कापी र कलम प्रदान गरे । त्यस अवसरमा प्रमुख अहिराजले ७७ वटै जिल्लाका सबै बालबालिका देशको अनमोल रत्न र भविष्य भएको बताए ।


यसैबीच प्रदेश प्रमुख अहिराज मुस्ताङ्गमा अवस्थित मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । आन्तरिक धार्मिक पर्यटनलाई बढाबा र प्रवद्र्धन गर्नुपर्ने उद्देश्यले हिमाल पारीका जिल्लाहरु भ्रमणमा रहेका प्रमुख अहिराजले देशभित्रका मठ–मन्दिरलगायत धार्मिकस्थलहरुको भ्रमणले आन्तरिक पर्यटन मजबुत हुुनुका साथै आर्थिक उन्नति पनि हुने बताए । उनले नेपालका प्राकृतिक तथा धार्मिक सम्पदाहरुको विश्वभर प्रचार–प्रसार गराएर नेपाललाई धार्मिक पर्यटनको प्रधान केन्द्र बनाउन सकिनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्