विभूषित भएपछि श्वेता भन्छिन्- ‘कर्म गरे फल पाईदो रहेछ’



काठमाडौं– नायीका श्वेता खड्का ’प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट विभूषित भएकी छन् ।

राष्ट्रिपति विद्यादेवी भण्डारीबाट २०७६ को संविधान दिवसको दिन विभूषण प्रदान गर्ने घोषणा भएबमोजिम आज शुक्रबार शितलनिवासमा आयोजित कार्यक्रममा उनलाई विभूषण अधिकारपत्र प्रदान गरिएको हो ।

विभूषित भएपछि खुसी व्यक्त गर्दै उनले राष्ट्र र समाजको लागी अझै शसक्त भएर अगाडी बढ्न थप प्रेरणा मिलेको बताएकी छन् ।

उनी भन्छिन्– ‘कर्म गरे फल पाईंदो रहेछ । आज सम्माननीय राष्ट्रपती बिद्यादेवी भण्डारी ज्यु मार्फत ’प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट विभुषित हुँदै गर्दा मलाई मेरो राष्ट्र र समाजको लागी अझै शसक्त भएर अगाडी बढ्न थप प्रेरणा मिलेको छ ।’

प्रतिक्रिया दिनुहोस्