सविताको ‘मन खाने माया’मा डिमोन र सिर्जनाको प्रेम (भिडियो)



काठमाडौँ– दिप गिरीको शब्द, शंकर थापा ‘स्माइल’को संगीतमा रहेको ‘मन खाने माया’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् । सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्