जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध



काठमाडौं : सीके राउत जनमत पार्टीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । जनकपुरधाममा शनिबार सुरु भएको पार्टीको महाधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

जनमत पार्टीको महासचिवमा चन्दन सिंह पनि निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा दीपककुमार साह, बसन्तकुमार कुशवाहा पनि निर्वाचित भएका छन् । यसबाहेक अन्य पदमा निर्वाचन भएको थियो । महाधिवेशनले २५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्