त्रिकोणात्मक सिरिजका लागि नेदरल्यान्ड्सको टोली काठमाडौंमा



काठमाडौं । त्रिकोणत्मक क्रिकेट सिरिजका लागि नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ ।
क्रिकेट सिरिज आउँदो वैशाख ४ गतेबाट त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल आयोजक नेपालसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो २ः१५ बाट सुरु हुनेछ ।
त्रिकोणात्मक सिरिजको अर्को टोली मलेसिया हो । डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्