ऋचालाई आफ्नो भन्दा अरुको धड्कन प्यारो !



काठमाडौं– अभिनेत्री तथा निर्मात्री ऋचा शर्मा आमा बन्ने भएकी छिन् । नयाँ नेपाली वर्ष २०७८ को आगमनसँगै ऋचाले आफु आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् । श्रीमान दिपेक्ष राणासँग रुखमा पानी हाल्दै गरेको तस्बिर राख्दै ऋचाले फेसबुकमा आमा बन्दाको आफ्ना भावना राखेकी छिन् ।

उनले लेखेकी छन्– आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउँछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भइरहेको छ। आज तपाईंहरुमाझ यो खुशी बाँड्न पाउदा सम्पूर्ण महसुश भइरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौं। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधैं बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठुली भई।’

https://www.facebook.com/photo?fbid=318392096310481&set=a.305621367587554
प्रतिक्रिया दिनुहोस्