प्रदेश १ र २ का पाँच जिल्लामा भोलि सार्वजनिक बिदा



काठमाडौं । सरकारले पाँच जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा दिएको छ ।
सिरूवा–पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै प्रदेश १ का झापा, मोरङ र सुनसरी तथा प्रदेश २ का सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो । सो राजपत्रमा प्रकाशित भएको सूचनाअनुसार नै सिरूवा–पावनी पर्व बिहीबार परेकाले उक्त पर्व मनाइने पाँच जिल्लामा बिदा हुने मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्