‘हाम्रो लडाई छुट्टै देशका लागि होइन त्यसैले सिके रावतसँग विचार मिलेन’



वीरगञ्ज । सीके राउतसँग सहकार्यका लागि राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले छलफल खुलासा भएकाे छ । बिहीबार वीरगञ्जमा राजपा नेपाल पर्साले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका संयोजक ठाकुरले सहकार्यका लागि एकपटक छलफल भएपनि कुरा भने नमिलेको खुलाएका हुन् ।

ठाकुरका अनुसार सिके रावत एकपटक सहकार्यकाे प्रस्ताव लिएर अाएका र विचार नमिल्दा सहमति भाँडिएकाे बताइएकाे छ । अाफूहरु छुट्टै देशका लागि नभएर कानुन सम्मत अान्दाेलन गरिरहेकाे ठाकुरले बताए । 

राजपा अध्यक्ष ठाकुरले संविधान संशोधनको सवालमा सरकार प्रष्ट नभएको भन्दै सरकारको आलोचना गरे । सरकारसँग पटक पटक सम्झौता भएपनि कार्यान्वयन नभएकोले अब उधारो सहमति नगर्ने निश्कर्षमा पुगेको तर्क उनले गरे ।

सरकारले मधेसवादी दलहरुसँग उधाराे सम्झाैता गरेकाे, नेता कार्यकर्तालाई झुठा मुद्धामा फसाइएको र समस्या समाधन राजनीतिक रुपमा गर्न नचाहेकाे अध्यक्ष ठाकुरकाे अाराेप छ । 

 

प्रतिक्रिया दिनुहोस्