जनकपुरमा र्इ-रिक्सा चालककाे मनाेमानी



जनकपुरधाम: जनकपुरमा ई-रिक्सा चालकहरुलाई अहिले न रुटको टेन्सन छ न त परमिटको समस्या नै । पछिल्लो समय प्रदेश दुर्इको अस्थायी राजधानी जनकपुरमा एक्कासी ई-रिक्साको संख्यामा वृद्धि भएको छ ।

 

झन्डै दुर्इ हजारको संख्यामा रहेका अधिकांश रिक्सा चालकहरुसँग लाइसेन्स नै छैन । विना नम्बर प्लेटको रिक्सा पनि बजारमा निर्वाध चलेको छ तर रोकटोक गर्ने निकाय बहाना बनाएर बसेको देखिन्छ।

 

जनकपुरको रामानन्द चोकदेखि पूर्व पर्ने अञ्चल अस्पताल जाने बाटो, राम चाेक, जनक चाेक, नयाँ बसपार्क, पीडारी चाेकमा बिहान ८ बजेदेखि १२ बजेसम्म र साँझपख चाप बढी देखिएको हुन्छ ।

 

रामानन्द चाेक र बसपार्कमा यात्रु लिन अधिकांश समय एकआपसमा झैं झगडा छुट्याउन स्थानीय र प्रहरीलाई नै आउनुपर्ने दृश्यहरु कम रोचक हुँदैन । अव्यवस्थित रिक्साहरुको संख्या र रूट निर्धारण गर्नुपर्ने युवा अभियान्ता सरोज मिश्रको कथन छ । मिश्रका अनुसार ट्राफिकले भाडादर त तय गर्यो तर त्यो व्यवहारमा लागू भएन ।

 

ई-रिक्शा चालक मनपर्दाे भाडा अशुल गरेको छ तर भन्ने सुन्ने मान्छे कोही नभएकाे मिश्रको आक्रोश छ । जनकपुरमा अहिले भारत र चीनमा निर्मित रु. २ लाख ५० हजार देखि ५ लाखसम्म पर्ने रिक्साहरु छ्याप छ्याप्ती हेर्न सकिन्छ ।

 

डिजल र पेट्रोलबाट चल्ने रिक्सा र विद्युतबाट चल्ने ई-रिक्साहरुको संख्यामा बृद्धिसंगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको धनुषाका ट्राफिक प्रमुख दीपक कुमार साह बताउँछन् ।

 

साहका अनुसार रिक्साहरूको हकमा भाडादर र रुट दुवै निर्धारण गरी सकिएको छ तर जनकपुरमा अहिले सडक निर्माण कार्य भइरहेको कारण रूट निर्धारण भए पनि लागू हुन नसकेको उनी स्विकार गर्छन् ।

 

जनकपुरमा रिक्सा चालकहरुको दुर्इ ओटा संगठन पनि छ । जसमध्ये एउटा जिल्ला प्रशाशन कार्यालय धनुषामा दर्ता रहेको छ भने अर्को अवैधानिक रहेको छ ।

 

दिनानुदिन बढ्दो ई-रिक्साको संख्यालाई समयमैं नरोके थप समस्याहरु आउन सक्ने स्थानीय सन्तोष चौधरीको भनार्इ छ । सबैलाई व्यवस्थित गर्नुपर्ने र नियमित चेकजाँच गर्नुपर्ने बताउँछन् दिनेश कापड । कति पटक त रक्सीमा मातेर रिक्सा चलाएको देखेको छु तर त्यसलाई कसले रोक्ने भन्दै कापले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्