अविश्वास प्रस्ताव छल्न गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य



पोखरा : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेका बेला गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी नै अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिए । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । तर, बजेट अधिवेशन नजिकै भएकाले मुख्यमन्त्रीलाई सजिलो भने छैन । गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भएको थियो । तीन दिन चलेको प्रदेश सभा वैशाख ६ गतेसम्मका लागि स्थगित थियो ।

प्रतिक्रिया दिनुहोस्