सर्लाही झडप प्रकरणः छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन



जनकपुरधाम : सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपबारे छानबिन गर्न समिति गठन भएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शेखर कोइरालाको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको हो ।

 

समितिमा १ जना प्रहरी नायब उपरीक्षक र १जना प्रहरी निरीक्षक पनि सहभागी रहेका छन् । मंगलबार बिहान भएको झडपमा गोली चल्दा काँग्रेसका कार्यकर्ता समेत रहेका ६० बर्षीय रामविलास महतोको ज्यान गएको थियो ।

 

घटनामा थप ४ जनालाई भरुवा बन्दुकको छर्राले लागेको थियो । यता प्रहरीले भने गोली चलाउने ब्यक्तिको पहिचान भइसकेको बताउँदै खोजी कार्य तीब्र पारिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्