जनस्वास्थ्यका सुरक्षात्मक उपाय पालना गर्न राष्ट्रपतिको आह्वान



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शनिबार अपराह्न ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी छन् ।
ट्वीटमा जनस्वास्थ्यका सुरक्षात्मक उपायहरु कडाइका साथ पालना गर्न आग्रह गरिएको छ। यसअघि सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण नियन्त्रण उन्मुख भएको कोरोना संक्रमण अहिले पुनः बढेको भन्दै ट्वीटमा चिन्ता व्यक्त गरिएको छ ।


‘कोभिड–१९ महामारीविरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु’, राष्ट्रपतिको ट्वीटमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्