नेपालको सानदार सुरुवात, नेदरल्यान्ड्स ९ विकेटले पराजित



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गर्दै नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले २० ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु खेलमै ओपनिङ गरेका कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको साझेदारी गरे । कुशल र आशिफ डेब्यु खेलमै अर्धशतक प्रहार गर्न सफल भए । कुशलले ४६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रन जोडे ।
आशिफले ३८ बलमा चार चौका र चार छक्काको मद्दतमा ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि बास डी लीडले सर्वाधिक ४१ रन बनाएका थिए । स्कर्ट एडवार्डसले ३० रन जोडे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । शाहाब आलम र सोमपाल कामीले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्