तामाकोशीको शेयर बाँडफाँड, प्रभावितलार्इ न्यूनतम ३० र अधिकतम १०३ कित्ता शेयर



काठमाडौं  

माथिल्लो तामाकोशीले प्रभावित क्षेत्रका लागि निष्काशन गरेको शेयर बुधबार बाँडफाँड गरेको छ। कम्पनीले क ख र ग वर्गमा विभाजन गरि शेयर बिक्री गरेको थियो। ‘क’ वर्गका शेयरधनीले सबै भन्दा धेरै १ सय ३ कित्तासम्म शेयर प्राप्त गरेका छन् ।

 

क समूहकै शेयरधनीहरु मध्ये न्यूनतम ३० कित्ताको लागि आवदेन दिनेले ३० कित्ता र अधिकतम तीन सय कित्ताको लागि आवेदन दिनेले १ सय २ कित्ता शेयर प्राप्त गरेका छन्। त्यस्तै ख समूहका शेयरधनीले न्यूनतम १० देखि अधिकतम ४८ कित्तासम्म शेयर प्राप्त गरेका छन्। ग शेयरधनीले न्यूनतम ३० देखि अधिकतम ३४ कित्तासम्म शेयर प्राप्त गरेका छन् ।

 

अन्तिममा बाँकी तीन सय कित्ता आवेदन दिने क वर्गका आवेदकमध्ये एक हजार ५ सय ९८ जनाले एक कित्ता वढि शेयर प्राप्त गरेका छन्। कम्पनीले गत साउनमा एक करोड ५ लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेकोमा तीन करोड ७७ लाख कित्ताको लागि आवदेन परेको थियो। जसमा दुर्इ लाख ७६ हजार आवेदक योग्य भएका थिए। र १० वटा आवेदनबाट १ हजार ९५० कित्ता अयोग्य भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्