गृहमन्त्री थापा पदमुक्त, आजै पुनः शपथग्रहण



काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना आजै जारी गरेको छ।

नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले थापालाई कारबाही गरेको थियो । गत चैत २७ गते नै माओवादी केन्द्रले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई आजै पुनः गृहमन्त्रीमा नियुक्त गर्ने र आजै साँझ शपथग्रहणको तयारी गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्