सुनको मूल्य दुई सय रुपैयाँले बृद्धि



काठमाडौं : आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साता कारोबारको पहिलो दिन तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्