प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य



विराटनगर : प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ। प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा पेश भए पनि छलफल हुन सकेन । धेरै बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि नेकपा एमालेका माधवकुमार नेपाल समूहले प्रदेश सभाबाट अविश्वास प्रस्ताव फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्