नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज आइतबार बस्दैछ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा १४औं महाधिवेशन र सत्ता समिकरणको विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक दुई पटक स्थगित भइसकेको छ। २७ गते सभापति शेरबहादुर देउवा निवासमा सरकारको नेतृत्व लिनेबारे तीन दलको बैठक डाकेकाले केन्द्रीय समिति रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्