संसदलाई घेराबन्दीमा पारियो : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमाथि घेराबन्दी गरिएको बताएका छन् ।
संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र बिभिन्न अभिव्यक्ति आउने गरेको उनले बताए । यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने र यो प्रवृत्तिबीचको टक्कर भएको उनको भनाइ छ । यो टक्कर दृष्टिकोणमा र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भएको उनले बताए । सापकोटाले अहिलेको टक्कार संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको बताए ।
‘भन्नेले के भनेको छ, मैले वास्ता गरेको छैन, मैले लुरुलुरु काम गरेको छु,’ आइतबार आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण कार्यक्रममा उनले भने ‘मैले देश र जनताका विपक्षमा केहि गरेको छैन ।’ उनले अहिले पनि संघीय संसदमाथि घेराबन्दी भइरहेको बताए। कसले घेराबन्दी गरेको हो भन्ने भने उनले खुलाएनन् । उनले आफूले कसैको दबाव, प्रभावबिना स्वतन्त्रतापूर्वक काम गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्