साइपाल हिमालबाट फर्कदै गर्दा भरियाकाे लडेर मृत्यु



बझाङ : साइपाल हिमाल अाराेहण गर्न गएकाे टाेलीकाे भारी बाेकेर गएका एक सदस्यकाे मृत्यु भएकाे छ । साइपाल हिमालकाे अाधार शिविरमा अाराेही टाेलीकाे भारी पुर्‍याएर घर फर्कने क्रममा मंगलबार वेलुका तल्काेट गाउँपालिकाका पुरन खत्रीकाे मृत्यु भएकाे हाे ।

 

२७ वर्षिय पुरनकाे साइपाल हिमालकाे अाधार शिविर औंलागाडबाट फर्कने क्रममा सुनपानी भन्ने ठाउँमा करिब तीनसय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनास्थल सुनपानी तल्कोट गाउपालिकाकाे वडा नं. ४ मा पर्दछ ।

 

गत कात्तिक ३ गते बझाङ जिल्लामा अवस्थित साईपाल हिमाल चढ्न गएका अाराही टोलीको सामान बोकेर खत्री साईपाल हिमालतर्फ गएका थिए । मृतकाे शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा बझाङ ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक खत्रीका दुर्इ छोराछोरी र श्रीमती छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


कहिले हुन्छ साइपाल हिमाल अाराेहण ?

 

साइपाल हिमाल अाराेहण गर्न हिँडेकाे चार बझाङ्गी चेलीसहित विश्व विख्यात आरोहीकाे टाेली बेसक्याम्प पुगेकाे छ ।

 

जिल्ला मै पहिलोपटक साइपाल गाउँपालिकाका लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढ्ने साहस गरेका हुन् ।

 

उनीहरुले बझाङ जिल्लामा रहेको ७ हजार ३१ मिटर अग्लो साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिकको १८ गते आसपासमा आरोहण गर्नेछन् । यो हिमालको दक्षिणी मोहडाबाट हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् ।

 

उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका आठ हजार मिटर भन्दा बढी उचाईका सबै १४ वटा हिमाल चढेर विश्व रेर्कड कायम गरिसकेका गिनिजबुक रेकर्डधारी स्पेनिस नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावन लगायत १२ जना विदेशी आरोहीको टोली साइपाल बेसक्याम्प रहेको क्षेत्र साइपाल गाउँपालिकाको औंलागाड पुगेको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छन् ।

 

आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पा सहितका ५ जना अनुभवी शेर्पाहरुको टोली समेत रहेको छ । आरोहण दल करिब १५ दिनसम्म साइपाल क्षेत्रमा रहने र मौसम अनुकुल हुने वित्तिकै हिमाल आरोहणको प्रयास गरिने एक जना शेर्पा लाक्पा नोर्बु शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्