कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेशले चैतेदशैंको अवसरमा सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो ।

कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बताए ।

सचिव पौडेलका अनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्