बालबालिका र ज्येष्ठ नागरिकको सेवामा समर्पित हुन चाहान्छु- मन्त्री महतो



काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली कुमारी महतोले आफू प्रत्यक्ष ज्येष्ठ नागरिक र बालबालिकाको सेवामा समर्पित हुन चाहेको इच्छा व्यक्त गर्नुभएको छ ।

मन्त्रालय मार्फत सेवारत मन्त्री महतोले व्यक्तिगत रुपमा पनि महिला, बालबालिका र ज्येष्ठ नागरिकको सेवामा रहन चाहेको बताउनु भएको हो । मानवसेवा आश्रम, हेटौडाको निरिक्षण गर्दै मन्त्री महतोले सो इच्छा व्यक्त गर्नुभएको हो । उहाँले परिवारबिहिन ज्येष्ठ नागरिक र बालबालिकाको सेवामा अहोरात्र खटिएका आश्रमका कर्मचारीको पनि प्रशंसा गर्नुभयो । आफू आश्रममा आउन पाएकोमा खुसी व्यक्त गर्दै उहाँले त्यहाँ रहेकाहरूसँग पनि कुराकानी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘यहाँ काम गर्ने भाइबहिनी प्रति म अत्यन्तै खुसी छु । मैले आफूले गर्न नसकेको कामहरू यहाँहरूले गरेको जस्तो मलाई महसशुु भयो । यति राम्रो सेवा, लगनशिलताको म कदर गर्न चहान्छु ।’

परिवार, आफन्तजनबिहिन भएकाहरूको मानवसेवा आश्रम हो भन्ने गरि कर्म गरेको प्रति पनि उहाँले सम्मान व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो मन्त्रालय र सरकार सदैव महिला बालकालिका तथा ज्येष्ठ नागरिकको हक हित र अधिकारमा काम गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो । त्यस्तै उहाँले बाल सुधार केन्द्रको पनि निरिक्षण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्