एमसीसीको विरोधमा विभिन्न राजनीतिक संगठनको प्रदर्शन



काठमान्डौं ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।विभिन्न २२ राजनीतिक संगठनले एमसीसीसम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

एमसीसी भनेको पंक्षीमा राखेको गड्यौला जस्तै भएको नेकपा माले स्थायी कमीटी सदस्य सुरेन्द्र ढकालले बताए । एमसीसी पारीत गर्नैपर्छ भनेर लाग्ने केपी ओली जस्ता मानिसहरुलाई आफुहरुले विरोध गर्नैपर्ने पनि बताए ।

प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्