दिल्लीमा पूर्ण लकडाउन



नयाँदिल्ली । भारतको राजधानीमा दिल्लीमा सोमबार रातिदेखि आगामी अकोए सोमबार बिहानसम्मका लागि लकडाउनको घोषणा गरिएको छ ।
सोमबार राति १० बजेदेखि अप्रिल २६ बिहान ५ बजेसम्मका लागि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पूर्ण लकडाउनको घोषणा गरेका हुन् ।
पछिल्लो एकसातादेखि रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी दिल्लीमा संक्रमणदर २९.७४ प्रतिशत पुगेसँगै पूर्ण लकडाउनको घोषणा गरिएको हो । यसअघि अप्रिल ३० सम्मका लागि यहाँ रात्रिकालीन कर्फ्यू लगाइएको थियो । लेफ्टिनेन्ट अनिल बैजाल र मुख्यमन्त्री केजरीवालबीच भएको छलफलपछि ६ दिनका लागि पूर्ण लकडाउनको घोषणा गरिएको बिजनेश टुडेले जनाएको छ ।
अप्रिल १५ मा मात्र दिल्लीमा सप्ताहन्तमा कर्फ्युको घोषणा गरी सपिङ मल, जिम सेन्टर, स्पा, सभाहल आदि बन्द गर्न निर्देशन दिइएको थियो । आइतबार मात्र दिल्लीमा २५ हजारभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि हुँदा १६१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्