कोरोना संक्रमणबाट थप ८ को मृत्यु, १२ सय २७ थपिए



काठमाडौं । पछिल्लो २४ घन्टामा थप १२ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । ७ हजार १ आरटी पीसीआर र ५ सय ४७ को एन्टिजेन परीक्षण गराउँदा १२ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा थप ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार २५५ जनाले स्वास्थ्य लाभ गरेका छन् । यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ । हाल ८१ जना क्वारेन्टाइनमा र ७ हजार २५४ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्