नेकपा माओवादी केन्द्रको स्थायी कमिटी आज बस्दै



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माण बारे छलफल हुनेछ ।

यसअघि सोमबार बोलाइएको बैठक अन्य राजनीतिक दलसँगको छलफलका कारण स्थगित भएको थियो । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा सम्भवत आज निर्णय गर्ने नेता देवेन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला संसदको अधिवेशन सोमबार अन्त्य गरिएपछिको आगामी रणनीतिका बारेमा माओवादी केन्द्रले छलफल गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्