भारतमा एकैदिन १७ सय भन्दा बढी संक्रमितको मृत्यु



कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको चपेटोमा परेको भारतमा पछिल्लो २४ घण्टाभित्र अहिलेसम्मकै धेरै मानवीय क्षती भएको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयको अनुसार एकैदिन १ हजार ७६१ जना संक्रमितको मृत्यु भएको र थप २ लाख ५९ हजार १७० संक्रमित पहिचान भएको तथ्यांक सार्वजनिक गरेको छ ।

योसँगै भारतमा अहिलेसम्म १ करोड ५३ लाख २१ हजार ८९ जनालाई कोरोना संक्रमण भएको छ । १ लाख ८० हजार ५३० संक्रमितको ज्यान गएको छ । अहिले त्यहाँ २० लाख ३१ हजार ९७७ जना सक्रिय संक्रमित छन् ।

१ अर्ब ३० करोड हाराहारी जनसंख्या भएपनि भारतमा अहिलेसम्म १२ करोड ७१ लाख जनालाई मात्रै कोरोना विरुद्धको खोप दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्