नेपाल-खनाल समूहका सांसद बर्खास्त गर्ने ओलीको तयारी



काठमाडौं : नेकपा एमालेले पार्टी हितविपरित कार्य गरेको भन्दै ३२ जना नेतालाई कारवाहीको तयारी गरेको छ । संघीय संसदका २७ जना र प्रदेशका पाँच जनासहित ३२ जना सांसदलाई बर्खास्त गर्ने तयारी गरिएको बताइएको छ ।

एमाले स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित जोखिम टार्न माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा लागेका सांसदलाई बर्खास्त गर्ने तयारी गरेका हुन् । बर्खास्त हुनुअघि माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनमा स्पष्टिकरण दिने निर्देशनसहितको पत्र आज वितरण गरिदैँछ ।

‘स्पष्टिकरण सोधिने सांसदहरूको सूची गए राति तयार भएको छ’ स्रोतले भन्यो, ‘चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ ।’ त्यस्तै, कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदलाई पनि उही ब्यहोराको कारबाही हुने भएको छ ।

नेकपा एमालेले कारबाहीका लागि तयार पारेको सांसदको नामावली यस्तो छ

१. माधवकुमार नेपाल

२. भीम रावल

३. सुरेन्द्र पाण्डे

४. घनश्याम भुसाल

५. पवित्रा निरौला

६. झपट रावल

७. मेटमणि चौधरी

८. यज्ञराज सुनुवार

९. जीवनराम श्रेष्ठ

१०. झलनाथ खनाल

११. विरोध खतिवडा

१२. सोमप्रसाद पाण्डे

१३. भवानी खापुङ

१४. नारायण खतिवडा

१५. जयकुमार राई

१६. गणेश पहाडी

१७. दिपकप्रकाश भट्ट

१८. योगेशकुमार भट्टराई

१९. हिराचन्द्र केसी

२०. पुष्पाकुमारी कर्ण कायस्थ

२१. कल्याणी खड्का

२२. लक्ष्मीकुमारी चौधरी

२३. सरलाकुमारी यादव

२४. कृष्णलाल महर्जन

२५. नीरादेवी जैरु

२६. मुकुन्द नेउपाने

२७. रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदः

१. प्रकाश ज्वाला

२. नन्दसिंह बुढा

३. कुर्मराज शाही

४. अम्बरबहादुर थापा

५. देवी ओली

प्रतिक्रिया दिनुहोस्