प्रदेश २ मा भोलि रामनवमीको सार्वजनिक विदा



जनकपुरधाम : प्रदेश २ सरकारले रामनवमीको अवसरमा सार्वजनिका विदा दिएको छ । मिथिलाञ्चलमा विशेष गरी मनाइने रामनवमी भोलि बुधबार परेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले आज विज्ञप्ति जारी गर्दै रामनवमीको अवसरमा भोलि बुधबार प्रदेश २ मा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएका छन् । भगवान रामको जन्मदिन नवमी तिथिको भएकाले यो दिन जनकपुरधाम लगायत विभिन्न स्थानमा विशेष पूजाअर्चना गरी धार्मिक पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्