पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण



काठमाडौं : भारतमा कुम्भ मेलाबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा कुम्भ मेलाका क्रममा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । पूर्व राजाको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्