नारायणगढ–मुग्लिन खण्डको जलबीरे पुल तयार



चितवन । नारायणगढ–मुग्लिन खण्डको जलबीरेमा बनेको पुल तयार भएको छ ।
जलबीरेको घुम्तीमा पुल बनेको छ । पुल बनेपछि सडक २६५ मिटर छोटिएको छ ।
गत वर्ष कोरोना संक्रमणबाट काम प्रभावित बनेको पुलको काम सकिएको छ । नारायणगढ मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले एक–दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी भएको जानकारी दिइन् । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो । पुलमा तीनवटा स्पान छन् ।
माडी अयोध्याका लागि भगवान राम–सीताका मूर्तिसहितको रथयात्राको टोलीलाई पहिलोपटक सो पुलबाट पास हुन दिने की भन्ने बारेमा समेत चर्चा भएको छ । जलबीरेको घुम्तीमाथि चर्चित जलबीरे झरना पर्दछ । अहिले सवारी हिँड्ने ठाउँमा झरना जानेहरुका लागि पार्किङ वा वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्