नेपाल–भारत महानिर्देशकस्तरीय २० औं वार्ता सम्पन्न



काठमाडौं । सीमापार व्यापारमा द्विपक्षीय सहयोगलाई सुदृढीकरण गर्ने र तस्करी रोक्ने लक्ष्यका साथ नेपाल र भारतबीच भर्चुअल माध्यमबाट महानिर्देशक (डीजी) स्तरीय २० औं वार्ता सम्पन्न भएको छ ।
नेपालस्थित भारतीय दूतावासकाअनुसार उक्त वार्ता द्विपक्षीय सहयोग सुदृढीकरण गर्नका साथै सीमापार व्यापारलाई सहज बनाउन र तस्करी रोक्न र काउन्टर गर्ने उद्देश्यले गरिएको हो ।
नेपाल र भारतले भन्सार, वन्यजन्तु र अन्य सीमापार मुद्दाहरूको क्षेत्रमा एक अर्कालाई सहयोग पु¥याएको पनि दूतावासले जनाएको छ । नेपाल र भारतमा वैकल्पिक रूपमा दुई देशको भन्सार प्रशासनबीच महानिर्देशक स्तरीय बैठक हरेक वर्ष हुँदै आएको छ ।
यस पटकको बैठकको उद्देश्य दुबै देशहरूबीच वस्तु आयात र निर्यात गर्ने सम्बन्धमा विशेष गरी भारतको क्षेत्र हुँदै तेस्रो मुलुकबाट नेपाल भित्रिने वा आयात गर्ने प्रक्रियाहरू कार्यान्वयनमा भएका कठिनाइहरू बुझ्न र समाधान गर्नेमा केन्द्रित रहेको थियो । बैठकले द्विपक्षीय र पारवहन व्यापार सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्