सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा



काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेत दायर गरेको द्वन्द्वकालीन मुद्दा इजलासमा २ नम्बरमा पेशी चढेको छ । त्यसअघिका मुद्दा सुनुवाइ भएपछि मात्र पालो हुने हुँदा बहस हुने नहुने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्