रामनवमीको दिन पूर्वराजाले गरे साहसको कामना



काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले रामनवमीको शुभकामना दिँदै संकटमा साहसको कामना गरेका छन् । उनले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेलामा मर्यादित हुन पनि भनेका छन् ।

उनी भन्छन्– रामनवमीको पावन अवसरमा मर्यादा पुरूषोत्तम श्रीरामले सम्पूर्ण जगतको भलो गरून्, हामीलाई यस सङ्कटको घडीमा मर्यादित र साहसी हुन प्रेरणा मिलोस् भन्ने कामनाका साथ सम्पूर्ण हिन्दूहरूमा विशेष शुभकामना व्यक्त गर्दछौं ।

यस्तै भारत भ्रमण गरी नेपाल फर्किएका पूर्वराज र पुर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले पत्य सम्पर्कमा आउने सबै कोरोनाको परिक्षण गर्न आग्रह गरेका छन् भने सावधानी अपनाउन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्