निर्मला पन्त हत्याको ९८औं दिनः धनगढीमा आज पनि प्रदर्शन



कैलाली : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका लागि न्याय माग्दै ९८औं दिनमा धनगढीमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले सरकारले नै बलत्कारी हत्यारालाई संरक्षण गरेर राखेको आरोप समेत लगाए ।

पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र समेत बुझाईएको छ । निर्मलाका परिवारका सदस्यसहितको उपस्थितिमा नागरिक संघर्ष समितीले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै निर्मला पन्तका परिवारले आफूहरुको एक मात्र माग छोरीका लागि न्याय भएको बताएका छन् । 

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार यो घटनामा गम्भीर भएको बताए । उनले न्याय दिन सरकारले ढिलो गरेको स्र्विकार गर्दै प्रदेश सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन हसम्भव प्रयास गर्ने आश्वासन दिए । 

प्रतिक्रिया दिनुहोस्