सुनको भाउ १३ सयले वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको भाउ तोलामा १३ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १३ सयले बढेर ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय पुगको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्