भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, मृतक पनि थपिँदै



नयाँ दिल्ली– भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २३ जनाको मृत्यु भएको छ ।

पछिल्लो केही दिन यता भारतमा कोरोनाको ग्राफ बढ्दै गइरहेको छ । हालसम्म १ लाख ८२ हजार ५ सय ५३ जनाको मृत्यु भएको छ । भारतमा १ करोड ५६ लाख जना संक्रमित भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको अनुसार २१ लख ५७ हजार ५ सय ३८ कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्