नेपालगञ्ज उपमहानगरपालिकामा आज रातिबाट लकडाउन



काठमाडौं । कोरोना भाइरस संक्रमण बढे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।
उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दूध, ग्यायसका पसल बिहान ६ देखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्