कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादव



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादवलाई चयन गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार बसेको पदाधिकारीको बैठकले यादवलाई समिति संयोजकको जिम्मेवारी दिएको हो । समितिको संयोजकबाट राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त पदमा यादवलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्