पर्सा । कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
मृतक सर्लाहीको मलंगवा–२ का बासिन्दा रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजशोसन दासले बताए । मंगलबार अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । उनको गम्भीर प्रकारको निमोनियाका कारण मृत्यु भएको डा. दासले बताए ।
कोरोनाको दोस्रो लहर सुरू भएपछि पर्साका निजी र सरकारी अस्पतालमा सात जनाको मृत्यु भइसकेको छ । तीमध्ये नारायणी अस्पतालमा पाँच र नारायणी बयोधा अस्पतालमा दुईजनाको मृत्यु भएको हा े। मृतकहरु पर्सा, बारा र सर्लाहीका हुन । पर्सामा पछिल्लो २४ घण्टामा गरिएको १४० जनाको स्वास्थ्य परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको छ ।