सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई



काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न प्रचण्डलाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई दिएका छौँ । अब उहाँले आवश्यक निर्णय लिनुहुन्छ’ उनले भने ।
यसअघि उनले सरकारलाई माओवादीलाई दिएको समर्थन व्यवहारिकरुपमा फिर्ता लिइसकेको तर औपचारिक रुपमा जानकारी गराउन मात्र बाँकी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्