प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट



काठमाडौँ । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नक्शालस्थित होटल मेरिअटमा दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटमा एमालेको एकता जोगाउने सुत्रबारे छलफल भएको छ । दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको छ ।
भेटवार्ताको वातावरण योगेश भट्टराईले गरेका हुन् । उनले बुधबार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले माधव नेपालसहित २७ सांसदलाई पदमुक्त गर्न प्रक्रिया चाल्दा त्यसलाई रोकेर एकता जोगाउन अन्तिम प्रयासस्वरुप यो भेटलाई लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्