आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै



काठमाडौं– आज अप्रिल २२ अर्थात विश्व पृथ्वी दिवस । बिहीबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवश मनाईँदैछ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो । दिवसको अवसरमा यो वर्षको नारा ‘पृथ्वीलाई पुनस्र्थापित गरौं’भन्ने तय गरिएको छ । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ।

अमेरिकाले सन् १९७० अप्रिल २२ मा विश्वमा पहिलोपटक यो दिवस मनाएको थियो । सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरि पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।

तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे ।

सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । दिवसको अवसरमा पृथ्वीको पर्यावरणीय सुरक्षामा जोड दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्