आजको डलरको भाउ र अन्य देशको विनिमयदर कति ?



काठमाडौं– बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १ सय १९ रुपैयाँ ५१ पैसा तोकेको छ भने विक्रीदर १ सय २० रुपैयाँ ११ पैसा निर्धारण गरेको छ।

त्यस्तै राष्ट्र बैंकले युरोको खरिद मूल्य १ सय ४३ रुपैयाँ ५१ पैसा तोकेको छ भने विक्रीदर १ सय ४४ रुपैयाँ २३ पैसा तोकेको छ।

युके पाउण्ड स्टर्लिङको खरिद मूल्य १ सय ६६ रुपैयाँ ४७ पैसा र विक्रीदर १ सय ६७ रुपैयाँ ३१ पैसा रहेको छ। त्यस्तै राष्ट्र बैंककले अष्ट्रेलियन डलरको खरिद मूल्य ९२ रुपैयाँ ३५ पैसा र विक्रीदर ९२ रुपैयाँ ८१ पैसा तोकिएको छ।

साउदी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा र विक्रीदर ३२ रुपैयाँ ०३ पैसा तोकिएको छ। त्यस्तै कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा र विक्रीदर ३२ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।

आज युएई दिरामको खरिद मूल्य ३२ रुपैयाँ ५४ पैसा र विक्रीदर ३२ रुपैयाँ ७० पैसा तोकिएको छ। त्यस्तै राष्ट्र बैंकले मलेसियन रिङगेटको खरिद मूल्य २९ रुपैयाँ ०० पैसा र विक्रीदर २९ रुपैयाँ १५ पैसा तोकेको छ।

प्रतिक्रिया दिनुहोस्