पाकिस्तानको एक होटेलमा विस्फोटः चारको मृत्यु, ११ घाइते



एजेन्सी– पाकिस्तानी शहर क्वेटाको प्रख्यात सेरेना होटेलमा भएको ठूलो विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई लक्षित गरि हमला भएको हुन सक्ने अनुमान गरिएको छ ।

आक्रमणको समयमा चिनियाँ राजदूत क्वेटामा रहेको बताइएको छ । क्वेटा बलूचिस्तान प्रान्तको राजधानी हो जुन अफगान सीमाको नजिक छ।
आक्रमणको समयमा चिनियाँ राजदूत होटलबाट बाहिरी सकेका थिए । होटल कार पार्किंगमा विस्फोट भएको थियो। पाकिस्तानी तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्