भारतद्वारा विभिन्न संघ–संस्थाहरुलाई एम्बुलेन्स र स्कुल बस प्रदान



काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
यी संघ संस्थाहरु नेपालका विभिन्न जिल्लामा छरिएर रहेका छन् । ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय दूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । यी एम्बुलेन्स र स्कुल बसको हस्तान्तरण हाल सञ्चालन भइरहेको India@75 उत्सवको एक हिस्साको रुपमा रहेको छ ।


सन् १९९४ यता भारतीय दूतावासले अहिलेसम्म झण्डै ८६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । यो वर्ष राजदूतावासले Advance Life Support, Basic Life Support र Common Life Support गरि तीन किसिमको एम्बुलेन्स प्रदान गरेको छ । यी एम्बुलेन्सहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएका हुन् ।


त्यसैगरि दूतावासले प्रदान गरेका ६ समेत गरि हालसम्म १६६ वटा स्कूल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्