माक्स त छ, भौतिक दूरी देखिदैन् त ? (फोटो/भिडियो)



काठमाडौं– कोरोना भाइरसको संक्रमण र त्रासले दैनिकीमा असहज भएपनि रोकिएको छैन । भिडभाड हुने स्थानहरूमा संख्यको हिसावले मानिसहरू कम देखिएपनि उपस्थीति भने जारी छ । स्वास्थ्य प्रोटोकलमा माक्स, स्यानिटाइजरको प्रयोग गरिरहेका हामी भौतिक दुरी कायम गर्न भने चुकिरेहेका छौं ।

नेपालमा पछिल्ला दिनमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलनुमा यूके भेरिअन्ट मुख्य जिम्मेवार भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सरकारी अधिकारीहरू र जनस्वास्थ्यविद्हरूले नेपालमा अहिले देखिएको कोरोनाभाइरस सङ्क्रमणको अवस्था “गत वर्षको तुलनामा निकै खतरनाक तहमा रहेको“ भन्दै थप सावधान हुन नागरिकहरूलाई आह्वान गरेका छन् ।

सरकार आफैले भिडभाड नगर्नु भनेर आवहान, अपिल र आग्रह गरिरहेको छ । तर सरकारी कार्यलयहरूले नै सरकारको निर्णयको पालना गरिरहेका छैनन् । काठमाडौंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित क्षत्रको सुचिमा राखेको छ । कोरोना संक्रमितहरूको पनि काठमाडौंमा दिन प्रति दिन बढ्दै गइरहेका छन् । संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै माक्स अनिर्वाय गराएको जिल्ला प्रशासन कार्यलय काठमाडौंले भौतिक दूरी भने कायम गराउन सकेको छैन ।

कर्यलयको परिसरमा माक्सको प्रयोग अनिवार्य गराइरहेको भएपनि भौतिक दूरी कायम गराउन नसकेको काठमाडौं जिल्ला प्रशासन कार्यलयका प्रमुख काली प्रसाद पराजुली स्वीकार्छन् । भौतिक दूरी कायम गराउन नसक्दा पनि माक्सको प्रयोग अनिर्वाय गराएको बताउँछन् ।

उनी भन्छन्– ‘माक्सको प्रयोग त भइरहेको छ त । माक्स नलाई आउनेलाई हामीले प्रवेश पनि दिएका छैनौं । भिड त अब सेवाग्रहीहरू आउनु भएको छ हामीले यसको पनि विकल्प खोजिरहेका छौं । व्यवस्थित कसरी गर्न सकिन्छ भनेर पनि हामी लागि परेका छौं ।’

कोरोना भाइरसको संक्रमण कम गर्नको लागि सरकारले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ । मास्क नलगाए १० रूपैयाँ जरीवाना तिर्नुपर्छ । विद्यालय बन्द छ । अन्य भिडभाड हुने स्थानहरू सञ्चालनमा आएका छैनन् । संक्रमणको जोखिम बढ्दै गए लकडाउन हुनसक्ने संकेत प्भानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा गरेका थिए । तर प्रजिअ पराजुली भने ततकाल लकडाउनको सम्भावना रहेको बताउँछन् ।

उनी भन्छन्– ‘सुरक्षाका मापदण्डहरू अपनाउनको लागि आग्रह गरिएको छ । कोरोना रोकथामको लागि मन्त्रपरिषद्ले पारित गरेको निर्णय कार्यान्वयनमा हामीले जेडदिएका छौं । सबै पालना भएका छन् वा छैनन् भन्नका लागि पनि अनसगमन बढाइएको छ । हामी संवेदनशिल छौं । तर तत्कालै लकडाउनको सम्भावना भने छैन । ’

साथै उनले सबैलाई सुरक्षित रहन र अनावश्यक भिडभाड नगर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्